Information is intelligence
HomeNewsनहरमा डुबेर दुईको मृत्यु

नहरमा डुबेर दुईको मृत्यु

- Advertisement -spot_img

चितवन : नहरमा डुबेर दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका १६ वर्षीय अङ्कित जोशी र १४ वर्षीय विवेक शर्माको नहरमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार करिब ४ बजेको समयमा क्षेत्रपुरको खुल्ला चौरमा क्रिकेट खेलेर नजिकै रहेको नहरमा हातखुट्टा धुने क्रममा विवेक चिप्लिएर नहरमा खसेका थिए ।

नहरमा खसेका साथीलाई बचाउन जाने क्रममा अङ्कित पनि बेपत्ता भएका हुन् । प्रहरीले नहरमा बेपत्ता भएको खबर पाएसँगै खोजी गर्दा २०० मिटर पर नहरबाट उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल ल्याएको थियो । अस्पतालमा उपचारका क्रममा उनीहरुको साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । (रा स स )

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु