Information is intelligence
HomeNewsयी खोप लगाएका नेपाली श्रमिक साउदी जान पाउने

यी खोप लगाएका नेपाली श्रमिक साउदी जान पाउने

- Advertisement -spot_img

दोहा- साउदी अरबले जोन्सन एण्ड जोन्सनको खोप लगाएका नेपाली श्रमिकहरुलाई प्रवेश अनुमति दिएको छ ।

साउदीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै घर बिदामा नेपाल गएर साउदी फर्किन लागेका र नेपालबाट साउदी अरब आउने नयाँ कामदारले जोन्सन एण्ड जोन्सनको खोप लिएर साउदी प्रवेश पाउने जनाएको छ ।

दूतावासका अनुसार खोप लगाएको १४ दिनपछि साउदीमा प्रवेश गर्दा त्यहाँ पुगेपछि संस्थागत क्वारेन्टिनमा बस्न नपर्ने जनाएको छ । घर बिदामा गएका वा नयाँले आफूलाई पायक पर्ने खोप केन्द्रमा खोप लगाउन दूतावासले अनुरोध गरेको छ ।

खोप लगाउन जाँदा आफ्नो राहदानी र भिसा अनिवार्यरुपमा साथमा लिएर जान समेत दूतावासले अनुरोध गरेका छ । साउदीले फाइजर, अस्ट्राजिनेका, मोडेर्ना र जोन्सन एण्ड जोन्सनको खोप लगाएका व्यक्तिलाई प्रवेश अनुमति दिएको छ ।

साउदी प्रवेशका लागि त्यहाँ अनुमति प्राप्त खोपमध्ये फाइजर, अस्ट्राजिनेका र मोडेर्ना खोपको २ वटै डोज लगाईसकेको वा जोन्सन एण्ड जोन्सनको खोप ( यो खोप १ डोजको मात्रै हुने ) लगाएको १४ दिन कटिसकेको हुनु पर्नेछ ।

यो पनि पढ्नुस : आज चीनबाट आठ लाख डोज खोप आउँदै

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु