Information is intelligence
HomeNewsएटिएम बुथ तोडफोड गरी चोरी गर्न खोज्ने व्यक्ति पक्राउ

एटिएम बुथ तोडफोड गरी चोरी गर्न खोज्ने व्यक्ति पक्राउ

- Advertisement -spot_img

चितवन : चितवनमा एटिएम बुथ तोडफोड गरी चोरी गर्न खोज्ने व्यक्ति पक्राउ परेका छन् ।

गएको मंगलबार राति १२: ३७ बजेको समयमा चितवन को रत्ननगर नगरपालिका –१ स्थित माछापुच्छ्रे बैंक लिमिटेड टाँडी शाखाको एटिएम बुथ तोडफोड गरी चोरी गर्न खोज्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

एटिएम बुथ तोडफोड गरी फरार रहेका रत्ननगर–२, आदर्शनगर बस्ने पुष्प भनिने भरत परियारलाई बैंकमा जडान गरिएको सिसिटिभी फुटेजका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।

परियारले तोडफोड गर्न प्रयोग गरेको फलामको हथौडासहित बुधबार पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु