Information is intelligence
HomeNews१४ वर्षीय कपिलले गरे आफ्नै भाईको हत्या

१४ वर्षीय कपिलले गरे आफ्नै भाईको हत्या

- Advertisement -spot_img

सुर्खेतको बनगाड कुपिण्डे नगरपालिका ५, खैरागारका १४ वर्षीय कपिल परियारले १३ वर्षीय आफ्नै भाई सन्दीप परियारको हत्या गरेका छन् ।
 
सन्दीप र कपिलबीच मंगलबार साँझ मोबाइल चार्ज गर्ने विषयमा सामान्य विवाद् भएको र सोही विवादले हत्याकै रुप लिएको प्रहरीले जनाएको छ । विवाद्पछि कपिलले सन्दीपलाई हिर्काएको मुडीले कन्चटमा लागेपछि सन्दिप बेहोस् भएका थिए ।

बेहोस सन्दीपलाई उपचारका लागि बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पुर्‍याइएको उपचारका क्रममा बुधबार दिउँसो मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलका अनुसार घटनापछि कपिललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु