Information is intelligence
HomeScience & Technologyअब अनलाइनबाटै ब्लुबुक नवीकरण गर्न सकिने

अब अनलाइनबाटै ब्लुबुक नवीकरण गर्न सकिने

- Advertisement -spot_img

काठमाडौं । बागमती प्रदेशमा आजदेखि अनलाइनबाटै ब्लुबुक नवीकरण गर्न सकिने भएको छ । यसअन्तर्गत सवारी कर, जरिवाना लगायतका राजस्व भुक्तानीसँगै नवीकरण गर्ने सुविधासमेत अनलाइनबाटै गर्न सकिने गरी याे सेवा सुरूवात हुनेछ । ।

प्रदेश राजधानी हेटौडामा मुख्यमन्त्री डोरमणि पौडेलले बिहान ११ बजे यो सेवाको उद्घाटन गर्दैछन् । कार्यक्रममा अनलाइन प्रणालीमा आबद्ध सेवाहरुको परीक्षण एवं डेमो प्रस्तुत गरी औपचारिक रूपमा यसकाे सुरूवात गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जिव बरालले जानकारी दिए ।

उनले यी सेवा मन्त्रालयकाे वेबसाइट र नागरिक एपबाट उपलब्ध हुने जनाए । यसका लागि प्रदेश सरकारले छुट्टै यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) तयार पारेको छ ।

यससँगै बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयमार्फत प्रवाह हुने सेवाहरू अबदेखि यही प्रणालीमार्फत अनलाइनमा उपलब्ध हुनेछन् ।

त्यसो त प्रदेश मन्त्रालयले गत असार २४ मै यो प्रणाली लागू भएको सूचना प्रकाशित गरेको थियो । तर पूर्ण प्राविधिक तयारी तथा भुक्तानी सुविधा सहितको सिस्टम बल्ल तयार भएको हो ।

नागरिक एपमा पछिल्लो अपडेटमार्फत “सवारी कर” फिचर आइसकेको छ । जसमार्फत आफ्नो सवारी साधनको विवरण, यसअघि कर तिरिसकेको विवरण र तिर्न बाँकी कर लगायतको जानकारी लिन सकिन्छ ।

अब शुक्रबारदेखि तिर्न बाँकी रहेको कर अन्तर्गत अनलाइन भुक्तानीका विकल्प समेत जोडिनेछन् । बागमती प्रदेशबाट सुरु हुने यो सेवा अब क्रमशः अन्य प्रदेशका यातायात व्यवस्था कार्यालय तथा यातायात सेवा कार्यालयमा समेत विस्तार हुने बताइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु