Information is intelligence
HomeSportsस्वदेश फर्किए लामिछाने

स्वदेश फर्किए लामिछाने

- Advertisement -spot_img

द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि इंग्ल्यान्ड गएका नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने स्वदेश फर्किएका छन् ।

भिसा समस्याको कारण प्रतियोगिता नखेली सन्दीप स्वदेश फर्किएका हुन् । सन्दीप ओभल इन्भिन्सिबलमा आबद्द रहेका थिए ।

तर, सन्दीपले टिएर ५ भिसा पाएपनि प्रतियोगिता खेल्नको लागि अनुमति नपाएका हुन् । इन्भिन्सिबलले सन्दीपको स्थानमा ताबरेज शम्सीलाई टिममा अनुबन्ध गरिसकेको छ । भिसाकै कारण सन्दीपले यस अघि भाइटालिटी टी-ट्वान्टी ब्लास्ट क्रिकेट गुमाएका थिए ।

त्यस प्रतियोगिताका लागि सन्दीप वोर्सेस्टरशायर र्यापिड्समा अनुबन्धित भएका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु