Information is intelligence
HomeSportsबार्सिलोनाको टिमबाट मेसीको नाम हटायो

बार्सिलोनाको टिमबाट मेसीको नाम हटायो

- Advertisement -spot_img

एजेन्सी। स्पेनिस ला लिगाको आधिकारिक वेबसाईटले बार्सिलोनाको टिमबाट लियोनल मेसीको नाम हटाएको छ। जुनको अन्तिममा बार्सिलोनासँग मेसीको सम्झौता सकिएको थियो। तलब कटौती गरेर मेसी बार्सिलोनासँगको सम्झौता नवीकरण गर्न राजी भएको भनिए पनि अझै औपचारिकता पाएको छैन।

त्यसकारण ला लिगाले ३४ वर्षीय मेसीको नाम बार्सिलोनाको टिमबाट हटाएको हो । बार्सिलोनाबाट उनी १७ वर्षदेखि सिनियर टिमबाट खेलिरहेका थिए । बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले बार्साबाट मात्रै ७०९ गोल गरेका छन् । यो मैत्रिपूर्णसमेत गरेर हो । आधिकारिक रुपमा भने उनले ६७२ गोल गरेका छन् । 

बार्सिलोनाका नयाँ अध्यक्ष जोआन लापोर्टाले मेस्सीलाई क्लबमै राख्न निकै प्रयत्न गरिरहेका थिए । उनको चुनावी नारा नै मेस्सीलाई क्लबमा राख्ने रहेको थियो । 

अर्जेन्टिनाबाट कोपा अमेरिकाको उपाधि जितेका मेसी अहिले बिदामा छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु