Information is intelligence
HomeNewsस्वास्थ्य र परराष्ट्रमन्त्री छिटै नियुक्त गर्ने तयारी

स्वास्थ्य र परराष्ट्रमन्त्री छिटै नियुक्त गर्ने तयारी

- Advertisement -spot_img

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपपिरषद् विस्तारको तयारी थालेका छन्। देश कोरोना महामारीसँग जुधिरहेको समयमा स्वास्थ्यमन्त्री नियुक्त नगरेको भन्दै चौतर्फी आलोचना भएसँगै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका हुन् ।

सत्तासाझेदारसँग छलफल गरी एकै पटक पूर्णता दिने उद्देश्यले हालसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको बताउँदै अबको केही दिनमै सरकारले पूर्णता पाउने कांग्रेसका एक नेताले बताए।

‘सम्भव भएमा सरकारले केही दिनमै पूर्णता पाउँछ,’ उनले भने, ‘सहमति बन्न नसकेपनि स्वास्थ्य र परराष्ट्रमन्त्री भने तत्काल नियुक्त हुन्छन्।’

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको ११ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु