Information is intelligence
HomeNewsमोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

- Advertisement -spot_img

दाङ – मोटरसाइकल दुर्घटना हुँदा दाङमा एक जनाको मृत्यु भएको छ।

लमही नगरपालिका वडा नम्बर ४ स्थित अर्नहवा घुम्ती नजिक भएको दुर्घटनामा २९ वर्षीय युवराज रानाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। तर, उनको ठेगाना भने खुलेको छैन।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १५ प ६३२१ नम्बरको मोटरसाइकल शनिबार राती दुर्घटनामा परेको हो।

राति कतिबेला दुर्घटना भयो भन्ने एकिन भएको छैन। मोटरसाइकल बाटो छोडेर अनियन्त्रित भएर दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। मोटरसाइकल र शवसँगै देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु