Information is intelligence
HomeNewsदेशका यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाअउन आग्रह

देशका यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाअउन आग्रह

- Advertisement -spot_img

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  विभागका अनुसार सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश १ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

काठमाडौं उपत्यकामा आज दिउँसो पानी पर्ने छ । “काठमाडौं उपत्यकामा आज दिउँसो पानी पर्ने सम्भावना रहेको छ । मध्यम वर्षा हुने मौसमी प्रणालीमा देखिएको छ,” मौसमविद् गंगा नगरकोटीले भनिन् । 

भारी वर्षाको सम्भावना रहेका पहाडी  भू– भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा  पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाअउन विभागले आग्रह गरेको छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु