Information is intelligence
HomeNewsअब सवारी धनीले ब्लुबुक बोक्न नपर्ने, यसरी हुन्छ चेकिङ्

अब सवारी धनीले ब्लुबुक बोक्न नपर्ने, यसरी हुन्छ चेकिङ्

- Advertisement -spot_img

बागमती प्रदेशले यातायात व्यवस्था सूचना प्रणाली लागू गरेसँगै अब सवारीधनीले साथमा ब्लुबुक बोकेर हिड्नुपर्ने झन्झट हटेको छ । अब ब्लुबुकका लागि सेवाग्राहीले क्युआर कोर्डको प्रयोग मार्फत सेवा लिन सक्ने भएका हुन ।अब ट्राफिक प्रहरीले मोबाइल एप प्रयोग गरी सेवाग्राहीको भुक्तानीसम्बन्धी विवरण चेकजाँच गर्ने छन ।

जसका लागि सेवाग्राहीले राजस्व भुक्तानी पछि प्राप्त हुने उक्त क्यूआरकोर्ड हुन्छ सोही क्युआर कार्डलाई स्क्यान गरी ट्राफिकले ब्लुबुक चेकजाँच गर्ने र सेवाग्राहीको सम्पुर्ण जानकारी लिन सक्ने छन् ।

अनलाइन प्रणालीको उद्घाटन गर्दै बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जिव बरालले ब्लुबुक बोकेर हिँड्नुपर्ने झन्झटबाट मुक्त भएको बताए । उनका अनुसार अब राजस्व भुक्तानी पछि प्राप्त हुने क्यूआर कोडका आधारमा ट्राफिक प्रहरीले मोबाइल एपको प्रयोग गरी भुक्तानी विवरण चेकजाँचका गर्न सकिने उनको बताए ।

यो सँगै अब लाइन बस्नुपर्ने बाध्यता हटेको छ । सेवाग्राहीले एक पटक भने यातायात कार्यालय पुग्नुपर्ने हुन्छ । त्यसपछि दोस्रोपटकबाट सबै सेवा अनलाइन मार्फत लिन सकिने छ ।

टिएआईएस सिस्टमले अनलाइनबाट राजस्व तिर्न, ब्लुबुक र लाइसेन्स नविकरण, चेकजाच लगाएत सम्पुर्ण काम कारवाहि अनलाइनबाट हुँने सेवा उपलब्ध गराएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु