Information is intelligence
HomePoliticsजसपाले बाेलायाे केन्द्रीय कार्यकारिणी बैठक

जसपाले बाेलायाे केन्द्रीय कार्यकारिणी बैठक

- Advertisement -spot_img

काठमाडाैँ : जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी परिषदकाे बैठक बोलाएको छ।

निर्वाचन आयोगबाट आधिकारिकता पाएको भोलिपल्ट मंगलबार जसपाले केन्द्रीय कार्यकारिणी बैठक बोलाएको हो।

सोमबार आधिकारिकता विवादमा सनाखत गराउँदै आयोगले उपेन्द्र यादव समूहलाई जसपाको मान्यता दिएर महन्थ ठाकुर पक्षलाई नयाँ दल दर्ताका लागि आह्वान गरेको थियो।

तर जसपाबाट टुक्रिएर नयाँ दल दर्ता गर्दा जनप्रतिनिधिको पद गुम्ने कि नगुम्नेबारे आयोगको फैसला मौन छ।

दल सम्बन्धी व्यवस्थामा पार्टी केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या पुगे मात्रै नयाँ दल दर्ता गर्दा जनप्रतिनिधिको पद नगुम्ने प्रचलित कानुन छ। याे संख्या ठाकुर समूहसँग छैन।

यता जसपाका अध्यक्ष उपेन्द्र यादवले ठाकुर पक्षले गल्ती स्वीकार गर्दै आत्मालोचना गरेर आए पार्टीको ढोका बन्द नहुने सोमबार बताएका थिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु