Information is intelligence
HomeNewsअवैध हतियारसहित तीन जना पक्राउ

अवैध हतियारसहित तीन जना पक्राउ

- Advertisement -spot_img

अवैध हतियारसहित प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिकाबाट तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका – २५ का २२ वर्षीय अनिल पटेल, २० वर्षीय लक्की पटेल र पोखरीय नगरपालिका– २ का २० वर्षीय विक्रान्त पटेल छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओमप्रकाश खनालका अनुसार उनीहरुलाई हतियार बेचविखन भइरहेको सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका –१५ लक्ष्मणवा चोकस्थित एक होटलबाट पक्राउ गरिएको हो ।

उनीहरुका साथबाट दुईवटा मोटरसाइकल समेत बरामद भएको छ । अहिले उनीहरुमाथि थप अनुसन्धान भइरहेको डीएसपी खनालले बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु