Information is intelligence
HomeEconomyसाउनमै आउँदै यी तिन कम्पनीको आइपिओ

साउनमै आउँदै यी तिन कम्पनीको आइपिओ

- Advertisement -spot_img

पछील्लो समय नेपालको शेयर बजारमा आइपिओको लहर चलेको छ । धमाधम आइपिओहरु जारी हुँदा लगानीकर्ताहरु उत्साहित बनेका छन् । भर्खरैमात्र जीवन विकास लघुवित्तको शेयर डिम्याट खातामा आइपुगेको छ भने मनकामना स्मार्ट लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको शेयर डिम्याट खातामा आइपुगेकै छैनन् । यही क्रममा साउन महिनाको बाँकी समयमा अझै तीनवटा कम्पनीले आइपिओ जारी गर्ने भएका छन् ।

मैलुङ खोला जलविद्युत आयोजनाले साउन १४ गते, मानुषी लघुवित्तले साउन २७ र सानीमा लाइफ इन्स्योरेन्सले साउन २० गते आइपिओ जारी गर्ने भएका हन् ।

मैलुङ खोला जलविद्युत आयोजनाले ७ लाख २६ हजार २८६ कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले यसमध्ये २% अर्थात १४ हजार ७२६ कित्ता सेयर कर्मचारी र ५% ले हुने ३६ हजार ८१४ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।  कित्ता आइपिओ जारी गर्न लागेको हो ।

यसमा प्रतिकित्ता १०० रुपैयाँमा आवेदन दिन सकिनेछ । यसमा न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाइन्छ । यो आइपीओमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भने साउन २८ गतेसम्म खुला रहनेछ । 

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६० लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । जसअनुसार कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । जसमध्ये ३ लाख अर्थात् ५% सेयर कर्मचारी र ३ लाख अर्थात् ५% सेयर म्युचुअल फन्डको लागि छुट्याएको छ । 

बाँकी ५४ लाख कित्ताको लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले साउन २४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा आइपीओ बिक्री नभएमा भदौ २ गतेसम्म आइपीओ निष्कासन खुला हुनेछ । 

त्यस्तै मानुषी लघुवित्तले जारी पुँजीको ३६% अर्थात् ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । मानुषीले प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । 

जसमध्ये ०.५% अर्थात् ५ हजार ४६९ कित्ता कर्मचारी र ५% अर्थात् १९ हजार ६८८ कित्ता म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी ३ लाख ६८ हजार ५९३ कित्ताको लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लघुवित्तको आइपीओमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ । 

मैलुङ खोला जलविद्युत आयोजनाको आइपिओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ भने मानुषी लघुवित्तको आइपिओ बिक्री प्रबन्धकमा नेपाल एसबिआइ मर्चेन्ट बैंकिङ रहेको छ । त्यस्तै सानिमा लाइफ इन्स्योरेन्सको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु