Information is intelligence
HomeDurbar TVसंस्कृत भाषाको चेतनामूलक गीत 'मास्कम् धारय' सार्वजनिक(भिडियो सहित)

संस्कृत भाषाको चेतनामूलक गीत ‘मास्कम् धारय’ सार्वजनिक(भिडियो सहित)

- Advertisement -spot_img

संस्कृत भाषामा लेखिएको जनचेतनामूलक गीत ‘मास्कम् धारय’ गीत युट्युबमा सार्वजनिक भएको छ । श्रावण १२ गते अनलाइन प्ल्याटफर्म जुममार्फत सार्वजनिक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरिएको हो ।

गीतमा स्वर विश्व नेपाली, लोचन भट्टराई, संकेत अगस्ती, नरेश भुर्तेल, बुनु श्रेष्ठ, साक्षी अगस्ती र श्रेय अगस्तीको रहेको छ भने यो गीतका रचनाकार डा. भवानीशंकर अधिकारी रहेका छन् ।

गीतको भिडियोमा अभिनय भने दीपाश्री निरौला, शिशिर भण्डारी लगायतका कलाकारले गरेका छन् । गीतमा संगीत संयोजन संकेत अगस्तीले गरेका छन् । गीतको भिडियोमा निर्देशनको काम पनि स्वयम् संकेत अगस्तीले गरेका छन् भने निर्मात डा. भवानीशंकर भट्टराई रहेका छन् ।

गीतको भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमा हेर्न सकिनेछ ।

भिडियो यहाँबाट पनि हेर्न सक्नुहुनेछ

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु