Information is intelligence
HomeBrandउपभोक्ताहरूको किनेमल अनुभवलाई अझै रमाइलो बनाउन दराजले ल्यायो ‘दराज महाबचत बजार अभियान’

उपभोक्ताहरूको किनेमल अनुभवलाई अझै रमाइलो बनाउन दराजले ल्यायो ‘दराज महाबचत बजार अभियान’

- Advertisement -spot_img

नेपालको अग्रणी अनलाइन बजार दराजले ‘दराज महाबचत बजार अभियान’ लिएर आएको छ । आफ्नो उपभोक्ताहरूको किनेमल अनुभवलाई अझै रमाइलो बनाउन सो अभियान ल्याएको जनाएको छ । 
 
अभियान १२ देखि १९ साउनसम्म लागू हुनेछ । ८ दिने सेल अभियानमा हुने बचत भाउचर, बचत अफर, नि:शुल्क डेलिभरी र अन्य धेरै अवसर पाई ग्राहकहरूले हरेक सामानमा बचत गर्न सक्नेछन् । 

यसबाहेक ग्राहकहरूले ईसेवामार्फत् थप २० प्रतिशत (१ हजार रुपैयाँसम्म) र पार्टनर बैंकका (मेगा बैंक, सनिमा बैंक, नबिल बैंक, ग्लोबल आईएमई, माछापुच्छ्रे बैंक, एनएमबी, एनआईसी एशिया, कुमारी बैंक, सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट  बैंक) डेबिट र क्रेडिट कार्डमार्फत् प्रि-पेमेन्ट गर्दा थप १५ प्रतिशत (२ हजार रुपैयाँसम्म) छुट पाउन सक्छन् । 

यस अभियानमार्फत् ग्राहकहरूले अन्य धेरै पुरस्कार पनि जित्न सक्नेछन्, जसमा सुजुकी बर्ग म्यान स्ट्रिट १२५ सीसी महाबम्पर पुरस्कारको रूपमा छ । 

अर्को ठूलो पुरस्कार आईफोन एसई रहेको छ, जुन ईसेवा र दराजद्वारा सञ्चालित वान रूपी गेममार्फत् जित्न सकिन्छ । 

यस गेममार्फत् ग्राहकले सोनी एक्सन क्याम, होम ग्लोरी भ्याकुम क्लिनर, र सीजी एयर कुलरलगायतका धेरै पुरस्कारहरू जित्न सक्नेछन् । 

अन्तर्राष्ट्रिय र राष्ट्रिय ब्राण्डहरू जस्तै : सुजुकी, क्यालिबर, सीजी, कन्भर्स, फ्यान्टेक, होम ग्लोरी, जुआस, एलजी, लोट्टो, मन्त्र, मिडिया, ओरिफ्लेम, पाल्सनिक, पुलिस, रंगोली, सोपवर्क्स, सोनी, टाइटन, भ्यान्स, भिडियोकन, व्हिर्लपूल र अधिकको अभियानमा सहभागी बनेका छन् तथा अतिरिक्त भाउचरका साथ ठूलो मूल्य कटौती पनि दिँदै छन् ।

‘यस अभियानको माध्यमबाट हामी फेरि सपिङमा रमाइलोपन ल्याउन चाहन्छौँ । हामी केवल सुविधा र सहजता प्रदान गरिरहेका छैनौँ, साथमा लाइभ भिडियोहरू, अनलाइन गेमहरू र सामाजिक मिडिया प्रतियोगिताहरूमार्फत् मनोरन्जन पनि प्रदान गर्दै छौँ’, दराज नेपालका प्रबन्ध निर्देशक लिनो अहलरिंगले भने ।

हालका तथ्याङ्कअनुसार यस अभियानमा १ लाखभन्दा बढी ग्राहकहरू भाउचर र अफरहरू हात पार्न एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । 

त्यसैले दाराजले आफ्ना प्रयोगकर्ताहरूलाई फोनमा दराज नोटिफिकेसन खोल्न र किन्न चाहेका वस्तुहरू कार्टमा अभियानअघि नै हाल्न सुझाव दिएको छ । 

थप जानकारीका लागि दराज एप डाउनलोड गर्न वा Daraz Mahabachat Bazar यो लिंकमा जान सकिने दराजले जनाएको छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु