Information is intelligence
HomeNewsविमानस्थलबाट सुन बरामद

विमानस्थलबाट सुन बरामद

- Advertisement -spot_img

प्रहरीले त्रिभुवन विमानस्थलबाट १ किलो १६५ ग्राम सुन बरामद गरेको छ ।

हिजो बिहान १० बजेर ३० मिनेटमा दुबईबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको उडानबाट कफीको बट्टा जस्तो बनाएर अवैध रुपमा सुन ल्याइएको भन्सार कार्यालयले जनाएको छ।

भन्सार कार्यालय र विमानस्थल प्रहरीको संयुक्त पहल उक्त सुन बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले बताउनु भयो ।

सुनसहित गोरखाका पदम परियारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका परियारमाथि प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु