Information is intelligence
HomeNewsकर्णाली नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु

कर्णाली नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु

- Advertisement -spot_img

काठमाण्डाै – कालिकोटमा कर्णाली नदीमा ट्रक खस्दा दुई जनाको ज्यान गएको छ । ट्रक चालक बैतडी भूमिराज गाउँपालिकाका दीपक साउँद र सहचालक बाजुरा जुकोट घर भएका रमेशबहादुर शाहीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी चक्र शाहीले जानकारी दिनुभयो ।

नेपालगञ्जबाट जुम्ला जाँदै गएको ना ७ ख ९५१६ नम्बरको ट्रक कर्णाली राजमार्गमा पर्ने कालिकोटको शुभकालिका गाउँपालिकामा पर्ने एस मोडबाट कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु