Information is intelligence
HomeNewsकुटपिट गरेर युवकको हत्या : चार जना पक्राउ

कुटपिट गरेर युवकको हत्या : चार जना पक्राउ

- Advertisement -spot_img

धनुषा : धनुषामा एक युवकको कुटपिट गरी हत्या गरिएको छ। हत्या आरोपमा चार जनालाई पक्राउ गरिएको छ।

सहिदनगर नगरपालिका ३ गोठकुहाका २१ वर्षीय गोविन्द यादवको हत्या भएको हो। कुटपिटबाट घाइते भएका उनको मोरङको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ।

उनी मंगलबार बिहान साढे ६ बजे घर नजिकै ककर्लाको झाडीमा घाइते अवस्थामा भेटिएका थिए। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको थियो। जनकपुरमा उपचार हुन नसकेपछि विराटनगर लगिएको थियो।

घटनामा संलग्न भएको आशंकामा स्थानीय मुर्बल यादवसहित चारजनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय यदुकोहाका प्रहरी निरीक्षक संवित भण्डारीले बताए। घटनाबारे थप अनुसान्धन भइरहेको उनले बताए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु