Information is intelligence
HomeScience & Technologyटाटाको विद्युतीय एसयुभी नेक्सन नेपाली बजारमा सार्वजनिक, यस्तो छ विशेषता

टाटाको विद्युतीय एसयुभी नेक्सन नेपाली बजारमा सार्वजनिक, यस्तो छ विशेषता

- Advertisement -spot_img

काठमाडौं। टाटाको विद्युतीय एसयुभी नेक्सन नेपाली बजारमा सार्वजनिक भएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले मंगलबार एक भर्चुअल कार्यक्रममार्फत नेक्सन इभी (विद्युतीय गाडी) सार्वजनिक गरेको हो। 

नेक्सन–इभी जिपट्रोन प्रविधिमा आधारित छ। कम्पनीले दाबी गरेअनुसार यसमा निकै टिकाउ ब्याट्री छ। एक पटक चार्ज गरेपछि गाडी बिना कुनै समस्या दुई सय ५० देखि तीन सय किलोमिटरको दुरी गुड्छ। डिसीचार्जर प्रयोग गर्दा नेक्सन–इभीको ८० प्रतिशत चार्ज ६० मिनेटमै हुने कम्पनीको भनाइ छ । 

विद्युतीय नेक्सनको बनावट निकै बोल्ड र आकर्षक छ। बाहिरी आर्कषणसँगै यसका विशेषताहरूका कारण यो नेपाली बजारमा प्रतिक्षित गाडी हो।

यसमा टेल लाइट, टच स्क्रिन इन्फोटेनमेन्ट, रिअर एसी भेन्ट, आइपी ६७ कम्प्लायन्ट वाटरप्रुफ एन्ड डस्टप्रुफ ब्याट्री प्याक, मल्टिपल ड्राइभिङ मोड, हिल असेन्ट असिस्ट एन्ड हिल डिसेन्ड असिस्ट, ७ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, इलेक्ट्रिक पावर्ड सनरुफ, अटोमेटिक हेडल्याम्प, रेन सेन्सिङ वाइपर्स, एन्टिलक ब्रेकिङ सिस्टम, डुअल एयर ब्यागलगायतका विशेषताहरू छन्। 

नयाँ विद्युतीय नेक्सनमा २०५ एमएमको ग्राउन्ड क्लियरेन्स छ। जसले गर्दा कच्ची बाटोमा निकै सजिलै गाडीलाई चलाउन सकिन्छ । यो गाडीले जम्मा ९.९ सेकेन्डमा शून्यदेखि १ सय किलोमिटरको रफ्तारमा गुड्ने क्षमता राखेको छ।

गाडीले १२९ पिएस पावर र २ सय ४५ एनएमको टर्क जेनेरेट गर्छ।नेक्सनको विद्युतीय मोडलको ब्याट्रीमा एक लाख ६० हजार किलोमिटर र गाडीमा एक लाख २५ हजार किलोमिटरको वारेन्टी हुनेछ। 

विद्युतीय गाडी नेक्सनलाई चालकले आफ्नै घरमा पनि चार्ज गर्न सक्छन्। यसको लागि कम्पनी आफैले ग्राहकको घरमा चार्जिङ पोर्ट जडान गरिदिने बताएको छ।

त्यसबाहेक कम्पनीले हालसम्म ८ विभिन्न ठाउँमा (बागडोल, चुम्लिङटार, पोखरा, भैरहवा, हटौंडा, मुलकोट र इटहरी) फास्ट चार्जिङ स्टेसनको निर्माण गरिसकेको छ।

कम्पनीका अनुसार यीबाहेक दोस्रो चरणअन्तर्गत थप ७ ठाउँमा (नारायणघाट, लहान, बुटवल, वालिङ, लम्ही, कोहलपुर र अतरिया) चार्जिङ स्टेसनको निर्माण काम हुँदैछ। यस अनुसार प्रत्येक १५० किलोमिटरको दुरीमा ग्राहकले चार्जिङ स्टेसन पाउन सक्नेछन्।

डिसी चार्जिङ स्टेसनबाहेक कम्पनीले एक सय ठाउँमा इभी चार्जिङ पोर्ट पनि राख्ने बताएको छ। सन् २०२० को जनवरीबाट भारतमा बिक्री–वितरण सुरु भएको नेक्सन विद्युतीय गाडीले छोटो समयमै भारतीय इलेक्ट्रिक गाडीको बजारको ६५ प्रतिशत हिस्सा ओगटेको छ। 

टाटा तीन भेरियन्टमा उपलब्ध हुनेछः नेक्सन–इभी एक्सएम, एक्सभी प्लस र एक्सजेड प्लस एलयुएक्स। कम्पनीले विद्युतीय नेक्सनको एक्सएमको सुरुवाती मूल्य ३५ लाख ९९ हजार रुपैयाँ, एक्सजेड प्लसको मूल्य ३७ लाख ९९ हजार र एक्सजेड प्लस एलयुएक्सको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ तोकेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु