Information is intelligence
HomeHealthअपाङ्गता भएका महिलाहरु र महिनावारीका चुनौतीहरु

अपाङ्गता भएका महिलाहरु र महिनावारीका चुनौतीहरु

- Advertisement -spot_img

महिनावारी भनेको महिलाहरुको विकासका क्रममा हुने एक प्राकृतिक प्रक्रिया हो । यसले प्रजनन् स्वास्थ्य राम्रो छ भन्ने कुराको संकेत गर्दछ । महिनावारी विशेष गरी ९ वर्षको उमेर देखि १६ वर्ष भित्रमा हुने हुन्छ भने सामान्यतया ४ दिन देखिी ५ दिन सम्म रक्तश्रवाप हुने हुन्छ । यो कार्य व्यक्ति अनुसार पनि फरक हुन सक्छ । हाम्रो समाजमा महिनावारीका विषयमा अझै पनि नकारात्मक सोच र परम्पराहरु रहेका छन् । महिनावारी भएको समयमा पूरुषहरुलाई छुन नहुने, छुट्टै बस्नु पर्ने, पहिलो महिनावारीमा करिब १ हप्ता सम्म घरमा राख्न नहुने लगायतका अन्ध विश्वासहरु रहेका छन् । यस्ता परम्पराहरुले गर्दा यस्तो समयमा अपाङ्गता भएका महिलाहरुलाई निकै चुनौती हुने हुन्छ । कतिपय अवस्थामा हाम्रो समाजमा महिला तथा पूरुषहरुमा पनि महिनावारीको विषयमा राम्रो ज्ञान छैन र महिनावारीलाई लाजको रुपमा लिने, यस अवस्थामा पुरुषहरुलाई छोयो भने पाप लाग्ने नकाराम्मक धारणाहरु रहेको छ । यस्तो अवस्थामा त अपाङ्गता भएका महिलाहरुलाई निकै चुनौती हुने हुन्छ । नेपाल सरकारले अपाङ्गता अधिकार ऐन २०७४ मा अपाङ्गतालाई १० वर्गमा विभाजन गरेको छ । ती १० प्रकारका अपाङ्गता भएका व्यक्तिहरु मध्ये पूर्ण तथा अति असक्त अपाङ्गता भएका व्यक्तिहरु अर्थात जति बेला पनि अरुको सहयोगको आवश्यकता हुने र सहयोगीको सहयोगमा आफ्ना दैनिक कार्यहरु समपन्न गर्न सक्ने अपाङ्गता भद्धएका महिलाहरुलाई भने यो महिनावारीको समायमा निकै कठिनाई हुने हुन्छ र हाम्रो समाजमा महिनावारी भएको महिलाहरुलाई छुन हुदैन भन्ने गलत धारणाले गर्दा अधिकांश अपाङ्गता भएका महिलाहरुले र अन्य साङ्ग महिलाहरुले पनि छुट्टै बस्नु पर्दा, पोषिलो खानेकुराहरु खान नपाउदा, घर देखि टाढा बस्नु पर्दा सर्पले डसेर, चिसो लागेर ज्यान गुमाउन परेको छ भने कति पय महिला दिदी बहिनीहरु बलात्कारको शिकार हुन पुगेका धेरै उदारहणहरु विभिन्न सञ्चार माध्यमहरु मार्फत देख्न र सुन्ने गरिएको छ । 

महिनावारीका समयमा अधिकांश अपाङ्गता भएका महिलाहरुलाई निकै गारो हुने हुन्छ । जस्तै बौछि तथा सुस्तरुवण अपाङ्गता भएका महिलाहरुलाई महिनावारी भनेको के हो भन्ने कुराको कुनै ज्ञान नै हुदैन । उनीहरुका सबै कार्यहरु तथा महिनावारी हुदा कपडा वा प्याडहरु फेरिदिने, सफा गरिदिने कामहरु सबै अभिभावकहरु विशेष गरी आमाले नै गरि दिनु पर्ने हुन्छ । त्यसै गरी पूर्ण दृष्टिविहिन अपाङ्गता भएका महिलाहरुलाई पनि पहिलो महिनावारीको विषयमा राम्रो ज्ञान नहुदा, घर परिवारले महिनावारी भएको थाहा पाएर घर देखि टाढा राख्दा वा अपरिचित व्यक्तिहरुको घरमा राख्दा उनीहरु विभिन्न हिंसामा पर्ने र बलात्कार नै हुने डर हुन्छ । त्यसैले समाजमा, घर परिवारमा सबैले यो महिनावारीको विषयमा राम्ररी ज्ञान दिनु पर्ने र यो एक प्राकृतिक प्रक्रिया हो भनेर जानकारी लिनु अति नै आवश्यक छ ।

महिनावारीको समयमा कसैलाई नछोइकन बस्नु भन्दा पनि उनीहरुलाई सरसफाईमा विशेश ध्यान दिन अति नै जरुरी हुन्छ । हाम्रा अधिकांश निकायका भौतिक संचनाहरु अपाङ्गता मैत्री नहुदा मेरुदण्डपक्षघातको काराण् तथा अन्य कारणले ह्वीलचियर तथा अन्य सहयोगी सामाग्रीहरु प्रयोग गर्ने अपाङ्गता भएका महिलाहरुलाई महिनावारीका समयमा सरसफाईमा ध्यान दिन निकै चुनौती हुन्छ । त्यसैले सार्वजनिक शौचालयहरु, भवनहरु, पानाीका धाराहरु अपाङ्गता अनुकुल हुने स्थानमा बनाउन पनि त्यत्तिकै जरुरी हुन्छ भने महिनावारीका समयमा प्रयोग गरिएका प्याडहरुलाई व्यवस्थापन गर्न, पनि उत्तिकै आवश्यक हुन्छ । हाम्रो समाजमा अहिले सम्म त्यस्तो व्यवस्थित हुन सकेको छैन । हरेक वर्षको मे २८ तारिकका दिन विभिन्न कार्यक्रमहरुको आयोजना गरेर अन्तराष्ट्रिय सुरक्षित महिनावारी दिवस मनाउने गरिन्छ । तर यस्ता दिवसहरुले अपाङ्गता भएका महिलाहरुलाई छुन सकेको छैन । नेपाल सरकारले विभिन्न कार्यहरु सञ्चालान गर्दा महिनावारी दिवसलाई पनि प्रभावकारी बनाउनको लागि विभिन्न कार्यक्रमहरुको आयोजना गर्नु पर्ने र ती कार्यक्रमहरुमा अपाङ्गता भएका महिलाहरुको पनि अर्थपूर्ण सहभागिता गराउनु पर्ने हुन्छ । हाम्रो समाजमा अझै पनि सबै प्रकारका अपाङ्गता भएका महिलाहरु तथा उनीहरुका अभिभावकहरुलाई यो महिनावारीको समयमा अपनाउनु पर्ने सुरक्षाका कुराहरुको विषयमा राम्ररी ज्ञान छैन ।  

नेपालका अधिकाशं ठाँउमा महिनावारीलाई अझै पनि लाजको रुपमा लिने, छुन नहुने, अपवित्र रुपमा लिने प्रथाको अन्थ हुन सकेको छैन । यस्ता धार्मिक परम्पराहरुले महिलाहरुलाई विभेदमा पारेको छ भने विभिन्न कठिनाईहरुका साथै त्यो समयमा उनीहरुलाई असुरक्षा हुने गरेको र विभिन्न हिंसामा परेको पनि पाइन्छ । त्यसैले यो महनिावारीका विषयमा सबैले राम्रारी जान्न र बुझ्न जरुरी छ । महिनावारीका समयमा नियमित रुपमा सरसफाईमा ध्यान दिनु पर्ने, प्याडहरु उपलब्ध गराउन र सही रुपमा प्रयोग गर्ने कुरामा पनि सबैलाई जानकारी गराउन पनि उत्तिकै जरुरी हुन्छ । अपाङ्गता भित्र पनि विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरु हनु हुन्छ । जसमा पूर्ण अपाङ्गता भएका व्यक्तिहरुका हरेक कार्यहरुमा अर्को व्यक्तिको सहयोग आवश्यक हुन्छ । यस्तो अवस्थामा महिनावारीका क्रममा ती महिलाहरुले धेरै नै कठिनाई भोग्नु परेको हरन्छ । अति असक्त अपाङ्गता भएका व्यक्तिहरुले सहयोगीको साथ पाएमा आफ्ना दैनिक कार्यहरु आफै सम्पन्न गर्न त सक्नु हुन्छ तर अपाङ्गता मैत्री संरचना नहुदा, प्रयाप्त मात्रमा पानी नहुदा, फोहोर व्यवस्थापन नहुदा भने उनीहरुलाई महिनावारीको समयमा निकै गारो हुने हन्छ । हाम्रो धर्म संस्कृती तथा परम्पराको कारणले पनि अपाङ्गता भएका महिलाहरुले महिनावारीको समयमा चुनौतीको सामना गर्न परेको हुनाले महिनावारीका सवालमा विभिन्न संघ संस्थाहरुले बहस जरुरी देखिन्छ । अन्तर्राष्ट्रिय सुरक्षित महिनावारी दिवसलाई सन् २०१४ को मे २८ तारिक देखि मनाउन थालिएको हो । नेपालमा पनि यही वर्ष देखि हाल सम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरेर यस दिवस मनाइदै आइएको छ । महिनावारीको विषयमा घर परिवारमा बुवा दाजु भाईहरुले पनि जानकारी लिनु आवश्यक हुन्छ । महिनावारी पनि प्रजनन् प्रक्रियाको प्रमुख अंश हो । यसलाई सरसफाई गरेर व्यवस्थि तगर्न जरुरी छ । यस समयमा ती महिलालाई केही शारीरिक पीडा हुने हुदा घर परिवारको निकै सहयोगको आवश्यक हुन्छ । यस्ता विषयमा सबै प्रकारका अपाङ्गता भएका महिला तथा अभिभावकहरुलाई जानकारी गराउनु पर्दछ । 

महिनावारी भएको समयमा हाम्रा अधिकांश संरचनाहरु अपाङ्गता मैत्री नहुदा मेरुदण्ड पक्षघात तथा अन्य कारणले ह्वीलचियर वा सहयोगी सामाग्री प्रयोग गर्ने अपाङ्गता भएका महिलाहरुलाई कठिनाई हुन्छ । समयमा सरसफाई गर्न नपाउदा इन्फेक्सन हुने सम्भावना अधिक हुन्छ । साथै बौद्धिक अपाङ्गता, डाउन सिण्ड्रोम अपाङ्गता, श्रवणदृष्टिविहिन अपाङ्गता तथा अटिजम अपाङ्गता भएका महिलाहरुको सवालमा त महिनावारीको विषयमा केही पनि जानकारी हुदैन । उनीहरुका दैनिक कार्यहरुका साथै महिनावारीका विषयमा पनि कसरी व्यवस्थापन गर्ने भन्ने सवालमा बौद्धिक अपाङ्गता, डाउन सिण्ड्रोम तथा अटिजम अपाङ्गता भएका छोरीहरुलाई उनीहरुको बौद्धिक क्षमता अनुसार दोहो¥याई तेह¥याई सिकाइएता पनि छिटै बिर्सने हुनाले पटक पटक विभिन्न विधिहरु अपनाएर सिकाउनु पर्दछ । साथै महिनावारीका समयमा हुने समस्याहरुको व्यवस्थापन गर्न उनीहरुका अभिभावकहरुलाई पनि बुझाउन जरुरी हुन्छ । परम्परा देखि चल्दै आएका अन्धविश्वासका धार्मिक प्रथाहरुको पनि अन्त्य गर्न आवश्यक छ । अबका दिनमा विभिन्न नीति नियम तथा कार्य योजनाहरु बनाउदा अपाङ्गता भएका महिलाहरुको सवालमा सरोकारवाला निकायहरुसँग सहकार्य गरी कार्य गर्न अति नै आवश्यक छ । हाम्रो समाजमा अन्य महिलाहरु त सामाजिक लाल्छानाको कारण यस विषयमा खुलेर बोल्न सक्दैनन् । यस समयमा प्रयोग गर्ने प्याडहरुको विषयमा त कतिपय महिलाहरुलाई जानकारी पनि छैन । साथै यो कसरी र कति समय सम्म प्रयोग गर्ने भन्ने कुराको जानकारी पनि नभएको अवस्था छ । महिनावारी हुदा विद्यालयमा पानी नहुदा, फोहोर व्यवस्थापन गर्न नपाउदा, प्याडहरुको उपलब्धता नहुदा, अपाङ्गता मैत्री संरचना नहुदा अधिकांश किशोरीहरु विद्यालय नै जादैनन् । नेपालको संविधानको धारा ३८ को २ मा प्रत्येक महिलालाई प्रजनन् स्वास्थ्य हकलाई मैलिक हकका रुपमा अधिकार प्रदान गरेको छ । त्यसै गरी धारा ३५ को १ ले आधार भूत स्वास्थ्य सेवालाई मौलिक अधिकारका रुपमा सुनिश्चित गरेको छ । जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ३ ले प्रजनन् स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवा अन्र्तगत समावेश गरेको छ । तर पनि आज महिनावारीको विषयमा अधिकांशलाई जानकारी नहुदा र व्यवस्थापन गर्न सक्ने वातावरण नहुदा अपाङ्गता भएका महिलाहरुले कठिनाईको सामना गर्न परेको अवस्था छ । अबका दिनमा राज्य स्तरबाट नै महिनावारीका विषयमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्नु पर्ने र ती कार्यक्रमहरुमा अपाङ्गता भएका महिलाहरु, उनीहरुका अभिभावक तथा अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुको अर्थपूर्ण सहभागिता गराउनको लागि पाइला अगाडि बढाउनु पर्ने आवश्यकता देखिन्छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु