Information is intelligence
HomeScience & Technologyअब मेरो शेयरको पासवर्ड आफै रिसेट गर्न पाउने, यही साता सुबिधा थपिने

अब मेरो शेयरको पासवर्ड आफै रिसेट गर्न पाउने, यही साता सुबिधा थपिने

- Advertisement -spot_img

कुनै पनि एपमा पासवर्ड परिवर्तन गर्न, रिसेट आदि कार्य विना झनझट एपबाट नै गर्न सकिने हुन्छ। तर आर्थिक गतिविधी सम्बन्धि एपहरुमा सुरक्षा आवश्यकतालाइ मध्यनजर गरि यस्ता सुबिधा निकै कम सहज बनाउने गरिन्छ। पर्याप्त परिक्षण पश्चात, जोखिम न्यूनीकरणको उपाय व्यवस्थापन पश्चात नै यस्ता सुबिधा जनातामाज राखिन्छ। त्यसो त मोबाइल बैंकिंङ्ग सम्बन्धि एपहरुमा पनि यो सुबिधा थपिँदा निकैठुलो उपलब्धीका रुपमा प्रचार भयो।

मेरोसेयरमा पनि अब केहि समयमा यो सुबिधा थपिने भएको छ भने यही साता सम्म सर्वसाधरणले आफ्नो मोबाइल अपडेट गर्दा सुबिधाले कामगर्न थाल्नेछ।

“अब लगानीकर्ताले मेरो शेयरको पासवर्ड आफै रिसेट गर्न पाउनु हुने छ। यही साता बाट हामी मेरो शेयरमा उक्त सुबिधा थप गर्दै छौ” सिडिएससिका एक अधिकारीले भने ।

यस अघि लगानीकर्ताले मेरो शेयरको पासवर्ड परिवर्तन गर्नु परे सम्बन्धित निक्षेप सदस्यसँग अनुरोध गर्दै निवेदन नै हाल्नु पर्थ्यो। जिल्लामा हुनेहरूका लागि पासवर्ड रिसेट गर्न असम्भव प्राय: थियो। पासवर्ड परिवर्तन गर्दा सम्बन्धित व्यक्तिकै उपस्थिति चाहिन्थ्याे। पासवर्ड परिवर्तन गर्न कठिनाइ भएकै कारण धेरै लगानीकर्ता प्राथमिक शेयरमा आवेदन दिन समेत वञ्चित हुने गरेका थिए।

मेरो शेयरमा पासवर्डको समस्याका कारण सर्वसाधरणलाई त सकस थियो नै बैङ्कहरुले पनि यो सुबिधाका लागी थप खर्च गरिरहनु पर्ने अवस्था थियो। पासवर्डका समस्याका कारण कतिपय मर्चेन्ट बैङ्कले उक्त सुबिधाका लागि भनेर छुट्टै कर्मचारी नै खटाउँदै आएका थिए। कामै अड्किने गरेको कारण निक्षेप सदस्यलाई छुट्टै कर्मचारी खटाउनु पर्ने बाध्यता हुने गरेको थियो।

पासवर्डको समस्या अत्यधिक धेरै आउने भएपछि कतिपय निक्षेप सदस्यले त्यसलाई कमाइको आधार समेत बनाएका थिए। अत्यधिक रिसेटको गुनासो आएको कारण उनीहरूले प्रति पासवर्ड रिसेट गरिदिए बापत २५ रुपैयाँसम्म लगानीकर्ताबाट असुल्दै आएका थिए।कामै अड्किएपछि सित्तैमा हुने काम समेत २५ रुपैयाँ तिर्न सर्वसाधारण बाध्य थिए ।

रिसेटको गुनासो र सित्तैमा हुने कुरालाई समेत लगानीकर्ताबाट रकम असुली भइरहेपछि सिडिएससिले उक्त सुबिधा सिधै लगानीकर्तालाई दिने तयारी गरेको हो। लगानीकर्तालाई नै पासवर्ड रिसेट सुबिधा दिएपछि निक्षेप सदस्यहरूले छुट्टै कर्मचारी खटाउनु पर्ने छैन भने उता लगानीकर्ताले संसारको जुन सुकै कुनाबाट पासवर्ड रिसेट गर्न सक्ने छन्। जसको लागि सिडिएससिले मेरो शेयरमा पासवर्ड रिसेट भन्ने फिचर(सुबिधा) थप गर्ने छ। सोही फिचर प्रयोग गर्दै लगानीकर्ताले आफैं चाहे अनुसार पासवर्ड राखेर रिसेट गर्न सक्ने छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु