Information is intelligence
HomeNewsदोधारा चाँदनी नगरपालिकाका कागजपत्र अख्तियारको नियन्त्रणमा

दोधारा चाँदनी नगरपालिकाका कागजपत्र अख्तियारको नियन्त्रणमा

- Advertisement -spot_img

कञ्चनपुर : अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले बुधबार दोधारा चाँदनी नगरपालिकामा निर्माण कार्यसम्बन्धीका कागजपत्र नियन्त्रणमा लिएको छ । सडक निर्माणसम्बन्धीका योजना सम्पन्न नभइकन भुक्तानी भएको उजुरीका आधारमा कागजात नियन्त्रणमा लिई अनुसन्धानको कार्य भइरहेको अख्तियारको कार्यालयका सूचना अधिकारी हरिशचन्द्र जोशीले बताए ।

“आव ०७७/७८ का सडक निर्माण, कालोपत्रेलगायतका चारवटा योजनामा कार्य नगरिकनै भुक्तानी दिइएको उजुरी परेको थियो”, उनले भने, “त्यसै आधारमा सम्बन्धित योजनाका कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।” योजनामा अनियमियता नभए नभएकोबारे अनुसन्धानपछि जानकारी हुने उनले बताए । (रा स स )

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु