Information is intelligence
HomeNewsआज वाग्मतीसहित ६ प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज वाग्मतीसहित ६ प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

- Advertisement -spot_img

काठमाण्डाै – आज दिउँस देशभर नै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । प्रदेश-१, प्रदेश-२, वाग्मती, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । 

अहिले गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिए। यस्तै राति पनि प्रदेश-१, प्रदेश-२, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यी प्रदेशमा भोलि पनि ठूलो पानी पर्ने अनुमान गरिएको छ । 

मौसमविद्ले प्रदेश-१, प्रदेश-२, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह गरेका छन् । यसपालि सरदरभन्दा धेरै वर्षा भएको छ । यसले बाढी पहिरोको जोखिम पनि बढाएको छ ।

अहिले मनसुनी न्यूनचापीय रेखा नेपालको पश्चिमी तराईको नजिक रहेको छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु