Information is intelligence
HomePoliticsकांग्रेसको पदाधिकारी बैठक बस्दै

कांग्रेसको पदाधिकारी बैठक बस्दै

- Advertisement -spot_img

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहीबार पनि बस्दैछ । पार्टीको महाधिवेशन क्रियाशील सदस्यता टुङ्ग्याउने विषयमा केन्द्रीत भएर छलफल हुने कांग्रेसले जनाएको छ ।

बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बोलाइएको छ । बैठकमा १४ महाधिवेशनको तयारीका विविध विषयमा पनि छलफल हुने छन् ।

नेता रमेश लेखकको संयोजकत्वमा गठित कार्यदलले पार्टीको क्रियाशील सदस्यता टुङ्ग्याउने विषयमा गृहकार्य गरिरहेको छ । निर्धारित समय सकिदासमेत विवाद मिल्न नसकेपछि हिजो बसेको पदाधिकारी बैठकले एक दिनको थप समय दिएको थियो । सोहीअनुसार आज दिउँसो २ बजे बैठक बस्न लागेको स्वकीय सचिव देउवाले जानकारी दिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु