Information is intelligence
HomeEconomyअर्थमन्त्रालयले सेबोनका अध्यक्षसँग सोध्याे स्पष्टीकरण, के छ स्पष्टीकरणमा हेर्नुहोस्

अर्थमन्त्रालयले सेबोनका अध्यक्षसँग सोध्याे स्पष्टीकरण, के छ स्पष्टीकरणमा हेर्नुहोस्

- Advertisement -spot_img

इनसाइडर ट्रेडिङको आरोप लागेपछि धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानासँग स्पष्टीकरण सोधेको छ। बोर्डका अध्यक्ष ढुंगानाले छोरीको नाममा सर्बोत्तम सिमेन्टको शेयर खरिद गरेको सम्बन्धमा यथार्थतथ्य के हो भन्दै तीन दिन भित्र स्पष्टीकरण दिन अर्थमन्त्रालयले निर्देशन दिएकाे छ।

अर्थमन्त्रालयले ढुगांनाले अमेरिकमा बस्ने छोरी रेबिकाको नाममा १० हजार कित्ता शेयर किनेको सम्बन्धमा स्पष्टीकरण सोधेको हो।

‘विभिन्न सञ्चार माध्यममा प्रकाशित भएको त्यहाँ बोर्डसँग सम्बन्धित समाचारप्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ। सञ्चार माध्यममा आएका उक्त विषयवस्तुको सम्बन्धमा सत्यतथ्य र यर्थाथ के हो? सो को स्पष्ट र तथ्यपरक विवरण तीन दिन भित्र उपलब्ध गराइ दिनु हुन अनुरोध गरिन्छ,’ अर्थमन्त्रालले सोधेको स्पष्टीकरणमा भनिएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु