Information is intelligence
HomeCulture & Religionआज खीर खाने दिन, खीर बनाउने सजिलो तरिका र खीर खानुका फाइदा...

आज खीर खाने दिन, खीर बनाउने सजिलो तरिका र खीर खानुका फाइदा जान्नुहोस्

- Advertisement -spot_img

आवश्यक सामग्री (५ जनाको लागि) :

चामल (ताइचिन) — ३ कप (चिया कपको, केलाएर पखालेको)
नरिवल — १५ ग्राम (सानो टुक्रा बनाएको)
किसमिस — १५ ग्राम
गाईको दूध — आधा लिटर
बट्टाको दूध — १ क्यान
मख्खन — २५ ग्राम
सुकुमेल — १० दाना (पेष्ट बनाएको)
जाईफलको धूलो — आधा चम्चा (सानो चम्चाको)
चिनी — २०० ग्राम
वटर — १०० ग्राम

बनाउने विधि :

कुकरमा दूध तताउने । चामल राखेर बिर्को बन्द गरी दुई पटक प्रशेर पूरा भएपछि झिक्ने ।

सेलाएपछि बिर्को खोलेर बट्टाको दूध, चिनी, मख्खन, वटर, जाइफल र अन्य मसला राखेर राम्ररी चलाई विर्काे नलगाई २० मिनेट पकाएपछि खीर तैयार हुन्छ ।

यदि ओभन छ भने १० मिनेटपछि झिकेर एउटा डिसमा राखी ओभनमा १० मिनेट जति राख्यो भने खीर अतिनै मीठो हुन्छ ।

यस्ता छन् फाइदा

साउन महिना झरी पर्ने महिना भएकाले विभिन्न रोगबाट छुटकारा पाउनका लागि पनि दूधबाट बनेको खीर खाने गरिन्छ। रोग प्रतिरोधात्मक क्षमता हुने भएकाले पनि खीर खानु स्वास्थ्यकर छ। झरीको समयमा विभिन्न संक्रामक रोग लाग्ने गर्छ।

दूध र चामल मिश्रित खीरलाई मात्रा अनुसार मिसाइने चिनी, ध्यु, सुख्खा फल आदिले स्वादिलो र पोषिलो बनाउँछ।

चामलमा कार्बोहाइड्रेड पाइन्छ भने दूध क्यालसियम र प्रोटिनको राम्रो स्रोत हो। चिल्लो ननिकालिएको दूधबाट बनाएको खीरमा पर्याप्त मात्रामा क्यालोरी पाउन सकिन्छ। गाईको दूधबाट बनाएको खीरबाट हामीले भिटामिन ‘ए’ पाउन सक्छौं। खीर बनाउँदा हालिने घ्युले हाम्रो शरीरमा चाहिने फ्याटको मात्रा पूरा गर्छ। खीरमा सुख्खा फल मिसाउँदा भिटामिन, मिनरल (खनिज) जस्ता तत्व पाउन सकिन्छ।

खीर नरम खाना भएकाले चिल्लो निकालिएको वा घ्यु नहालेको खीर बिरामीलाई खुवाउन सकिन्छ। बिरामीले खीर नरम हुने भएकाले सजिलै पचाउन सक्छन्।

खीर बच्चा, वृद्ध सबैलाई युपयुक्त खानेकुरा हो।

तर, दूध र चिनी खान नहुने मान्छेले खीर पनि खानु हुँदैन। ग्यास्ट्रिकका बिरामीले थोरै मात्रामा खान उपयुक्त हुन्छ।

पाचान प्रणाली कमजोर भएका बेला चिल्लोरहित दूध र चामलबाट बनेको खीर खुवाउँदा पचाउन सजिलो हुन्छ।

थप सहजताको लागि भिडियो

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु