Information is intelligence
HomeSportsअलमुताइरीको राजीनामाबारे छलफल गर्न आज एन्फा कार्यसमिति बैठक

अलमुताइरीको राजीनामाबारे छलफल गर्न आज एन्फा कार्यसमिति बैठक

- Advertisement -spot_img

काठामडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । आज अपरान्ह ४ बजे एन्फा कार्यसमितिको बैठक बस्ने लागेको हो ।

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले राजीनामा दिने घोषणा गरेसँगै उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न एन्फाले बैठक बोलाएको हो ।

मुख्य प्रशिक्षक अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले दवाव दिएको आरोप लगाउँदै राजीनामाको घोषणा गरेका थिए ।

मुख्य प्रशिक्षकसँग भएको भनिएको विवाद र पछिल्लो घटना क्रमको छानबिनको माग गर्दै नेम्बाङले निवेदन दर्ता गराएपछि एन्फाले केन्द्रिय समितिको बैठक बोलाएको हो ।

आजको बैठकमा नेपालमा १३औं साफ च्याम्पियनसिप आयोजना गर्नेबारे पनि छलफल हुने एन्फाले जनाएको छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु