Information is intelligence
HomeNewsबुटवलमा अस्वस्थकर मासु बिक्री

बुटवलमा अस्वस्थकर मासु बिक्री

- Advertisement -spot_img

बुटवलमा अस्वस्थकर मासु बिक्री हुने गरेको पाइएको छ । बुटवल उपमहानगरपालिकाका उपप्रमुख तथा अनुगमन समिति संयोजक गुमादेवी आचार्यको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा कतिपय पसलमा अस्वस्थकर र सडेको मासु बिक्रीका लागि राखिएको पाइएको हो ।

पशु चिकित्सक, उपभोक्ता अधिकारकर्मी, उद्योगी, व्यावसायिक सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि सम्मिलित अनुगमन समितिले बिहीबार यहाँका विभिन्न मासु पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा कतिपय पसलमा सडेको अवस्थाका पाइएका माछा, मासु तथा मासुजन्य पदार्थ नष्ट गरिएको अनुगमन समिति संयोजक आचार्यले जानकारी दिए ।

अनुगमनका क्रममा बुटवल–६ स्थित बाबा फ्रेस हाउस, सोही वडाको ताहिर मासु पसल, बुटवलकै नेपालगञ्ज रोडस्थित सद्दाम मासु पसल र कुरैसी मासु पसललगायतका पसलबाट ८० किलो बराबरको सडेको, अस्वस्थकर अवस्थाको माछा, मासु नियन्त्रणमा लिएर नष्ट गरिएको उनले बताए । पसल सञ्चालकलाई स्वस्थकर मासु बिक्री गर्न तथा सरसफाइमा ध्यान दिन निर्देशन दिइएको छ ।

अनुगमनका क्रममा बुटवलको नेपालगञ्ज रोडमा रहेको एउटै माछा पसलबाट ३८ किलो माछा र अस्पताललाइनस्थित भुडकी चोकमा रहेको एउटै मासु पसलबाट २५ किलो मासु नियन्त्रणमा लिएर नष्ट गरिएको अनुगमन समितिले जनाएको छ । नेपालगञ्ज रोडमा रहेको सद्दाम माछा एण्ड मासु पसलमा ३८ किलो माछा तथा भुडकी चोकमा रहेका ताहिर मासु पसलमा अनुगमन गर्दा २५ किलो मासु सडेको र खसी तथा बोकाको भनेर बाख्रीको मासु बिक्रीका लागि राखिएको पाइएपछि उक्त मासु नष्ट गरिएको थियो । यस्तै बुटवलको सब्जीमण्डीमा रहेका सटरमा दुर्गन्ध फैलाउने गरी मासु पसल सञ्चालन भएको पाइएपछि सुधार गर्न निर्देशन दिइएको छ । (रा स स )

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु