Information is intelligence
HomeEconomyसुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्यमा नयाँ रेकर्ड

- Advertisement -spot_img

काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ । 

आज छापावाला सुन तोलामा ११ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार नौ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
 
बिहीबार छापावाला सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो  । महासंघका अनुसार, आज तेजाबी सुनको मूल्य पनि तोलामा ११ सय रुपैयाँले नै बढेर प्रतितोला ९२ हजार चार सय रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ हजार ८५ रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु