Information is intelligence
HomeInternationalसिड्नीमा लकडाउन कार्यान्वयन गर्न सेना परिचालन

सिड्नीमा लकडाउन कार्यान्वयन गर्न सेना परिचालन

- Advertisement -spot_img

अस्ट्रेलिया सरकारले सिड्नीमा थप गरिएको लकडाउन कार्यान्वयनका लागि सयौँको सङ्ख्यामा सेना परिचालन गरेको छ।

गत जुन महिनामा फैलिन सुरु भएको डेल्टा भेरिअन्टका कारण झन्डै ३,००० मानिस सङ्क्रमित भएका छन् भने नौ जनाको मृत्यु भएको छ।

पाँच सातायता लकडाउन जारी रहे पनि देशको सबैभन्दा ठूलो सहर सिड्नीमा सङ्क्रमण फैलिने क्रम जारी छ। शुक्रवार थप १७० जनामा सङ्क्रमण पुष्टि भएको छ। तर लकडाउन कार्यान्वयनका लागि सैन्य हस्तक्षेपबारे प्रश्न उठेको छ। धेरै मानिसले त्यसलाई अनावश्यक मानेका छन्।

कम्तीमा अगस्ट २८ तारिखसम्म कायम रहने लकडाउनले मानिसलाई आवश्यक व्यायाम, किनमेल वा हेरचाहका लागि वा अन्य कारणबाहेक घरबाट निस्कन प्रतिबन्ध लगाएको छ। अस्ट्रेलियन डिफेन्स फोर्सका सैनिकहरू धेरै सङ्क्रमण फैलिएका स्थानहरूमा लकडाउनसम्बन्धी नियम पालना भए वा नभएको हेर्न प्रहरीसँगै खटिनेछन्।

लकडाउनमा १० किलोमिटरभन्दा लामो यात्रा गर्न नपाइने नियम लगाइएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु