Information is intelligence
HomePoliticsमहन्थ ठाकुरले दायर गरेको रिटमा आजबाट सुनुवाइ हुँदै

महन्थ ठाकुरले दायर गरेको रिटमा आजबाट सुनुवाइ हुँदै

- Advertisement -spot_img

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको अध्यक्षका हैसियतमा महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा आज सुनुवाइ हुने भएको
छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ हुन लागेको हो ।

सर्वोच्च अदालतले शुक्रबारका लागि उक्त रिट निवेदन न्यायाधीशद्वय खतिवडा र चुडालको संयुक्त इजलासमा पेसी तोकेको हो ।

गत सोमवार निर्वाचन आयोगमा महन्थ पक्षको कमजोर उपस्थितिपछि जसपाको उपेन्द्र यादव पक्षले आधिकारिकता पाएको थियो । त्यससँगै महन्थले मंगलवार सर्वोच्चमा रिट दायर गरेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु