Information is intelligence
HomeEntertainment & Artsदुर्गेशलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले बहिष्कार गर्ने, ‘कारबाहीको माग’

दुर्गेशलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले बहिष्कार गर्ने, ‘कारबाहीको माग’

- Advertisement -spot_img

काठमाडौं : गायक दुर्गेश थापा फेरि विवादमा तानिएका छन्। उनले एकसाता अघि मात्रै तीज गीत ‘बीच्च बीच्चमा ४-ख्यास्स पुतली’ बोलको गीत ल्याएका थिए।

‘बीच्च बीच्चमा ४-ख्यास्स पुतली’ गीतमा संगीत, शब्द र स्वर दुर्गेशकै रहेको छ। ‘ख्यास्स पुतली’ बोलको गीतले समेटेको विषयवस्तु र शब्दलाई लिएर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आपत्ति जनाएको छ।

गायक दुर्गेशको सो गीत सार्वजनिक गर्नुअघि नै गीतमा प्रयोग भएको शब्द ‘ख्यास्स’ हटाउन प्रतिष्ठानले ध्यानाकर्षण गराएको थियो। प्रतिष्ठानले साउन ७ गते नै दुर्गेशलाई ध्यानाकर्षण पत्र समेत बुझाएको थियो।

तर, दुर्गेशले भने प्रतिष्ठानको अनुरोधलाई बेवास्ता गर्दै शब्द परिवर्तन नगरी ‘ख्यास्स पुतली’ बोलको गीत सार्वजनिक गरे।

गीतमा प्रयोग भएका शब्दहरुले तीज पर्व र चेलिबेटिको नै खिल्ली उठाएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु