Information is intelligence
HomeSportsवरिष्ठ उपाध्यक्ष र प्रशिक्षकमाथि छानविन गर्न मन्त्रालयलाई एम्फाको आग्रह

वरिष्ठ उपाध्यक्ष र प्रशिक्षकमाथि छानविन गर्न मन्त्रालयलाई एम्फाको आग्रह

- Advertisement -spot_img

काठमाडौं, साउन १६ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको विवाद छानबिन गर्नका लागि युवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गरेको छ।

एन्फाको कार्यसमितिको आकस्मिक बैठकले वरिष्ठ उपाध्यक्ष नेम्वाङ र मुख्य प्रशिक्षक अब्दुल्लाहको विवाद छानबिन गरिदिन मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको हो। केही दिनअघि मुख्य प्रशिक्षक अब्दुल्लाहले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका थिए। त्यसको कारण वरिष्ठ उपाध्यक्ष नेम्वाङ भएको आरोप लगाएका थिए।

उनले यस विषयमा छानबिनको माग गर्दै एन्फामा पनि निवेदन दिएका छन्। त्यस्तै, वरिष्ठ उपाध्यक्ष नेम्वाङले पनि यस विषयमा छानबिन गर्न एन्फामा निवेदन दिएका थिए। उनले आफू दोषी भए पदबाट राजीनामा दिन तयार गरेको बताएका छन्।

दुवैले निवेदन दिएपछि शुक्रबार एन्फाले कार्यसमितिको आकस्मिक बैठक बोलाएका थिए। बैठकमा छलफलपछि दुवै जनाको निवेदनमाथि छानबिनका लागि मन्त्रालयलाई गुहार्ने निर्णय भएको प्रवक्ता किरण राईले जानकारी दिएका छन्।

No photo description available.

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु