Information is intelligence
HomeEconomyमध्य भोटेकोशीको आईपीओ भर्ने समय थपियो

मध्य भोटेकोशीको आईपीओ भर्ने समय थपियो

- Advertisement -spot_img

काठमाडौं- मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि आईपीओ भर्ने समय थप गरेको छ। 

भोटेकोशी गाउँपालिकाको आग्रहमा सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि शेयर निष्काशन तथा बिक्री खुला अवधिको म्याद थप गरिएको गाउँपालिकाले जनाएको छ।

अब सिन्धुपाल्चोकबासीले साउन मसान्तसम्म भोटेकोशीको आईपीओ भर्न पाउने भएका हुन्। 

यो पनि पढ्नुहोस् : मध्य भोटेकोशी जलविद्युत आयोजनाको ६० लाख कित्ता आईपीओ पुनः खुल्यो, कति दिन पाइन्छ आवेदन 

मध्य भोटेकोशीको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले शेयर निष्काशन तथा बिक्री खुला अवधि साउन ३२ गतेसम्म कायम भएको जनाएको हो। 

यो पनि पढ्नुहोस् : ईसेवाबाट यसरी भर्नुस मध्य भोटेकोशी जलविद्युत कम्पनीको आबेदन

तोकिएको समयावधिभित्र माग भए बमोजिमको शेर बिक्री हुने सम्भावना कम देखिएकाले १५ दिन समावधि थप गर्ने भोटेकोशी जलविद्युत कम्पनीको सञ्चालक समितिको साउन १४ गतेको बैठकले निर्णय गरेको क्यापिटलले जनाएको छ।  

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु