Information is intelligence
HomeSportsसाफ च्याम्पियनसिप नेपालमै, नेपालले च्याम्पियनसिप अघि मैत्रीपूर्ण खेल खेल्ने

साफ च्याम्पियनसिप नेपालमै, नेपालले च्याम्पियनसिप अघि मैत्रीपूर्ण खेल खेल्ने

- Advertisement -spot_img

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)को आपत्कालीन बैठकले साफ च्याम्पियनसिप नेपालमै आयोजना गर्ने निर्णय गरेको छ । 

कोरोनाका कारण बंगलादेशले प्रतियोगिता आयोजना गर्न नसक्ने भनेपछि साफले नेपाललाई गर्न प्रस्ताव गरेको थियो । साथै प्रतियोगिता आयोजना गर्न पाँच करोड सहयोग गर्ने अर्थ मन्त्रालयलाई एन्फाले धन्यवाद पनि दिएको छ । श्रीलंका र माल्दिभ्सले पनि संयुक्त रूपमा आयोजना गर्न इच्छा देखाएको छ ।

यो पनि पढ्नुहोस् : साफ च्याम्पियनसिप नेपालमै, नेपालले च्याम्पियनसिप अघि मैत्रीपूर्ण खेल खेल्ने

साथै च्याम्पियनसिप तयारीको लागि नेपाली फुटबल टिमले बंगलादेश, भारत, सिंगापुरविरुद्ध मैत्रीपूर्ण खेल्ने तयारी गरेको जनाइएको छ । त्यस्तै एन्फाले भारतमा हुने एएफसी महिला एसियन कप छनोटको तयारीका लागि महिला टिमलाई इरान लगायतका देशसँग मैत्रीपूर्ण खेल खेलाउने सैद्धान्तिक निर्णय गरेको छ । 

महिला टिमले नेपालमै छनोट खेल खेल्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु