Information is intelligence
HomeNewsसिन्धुपाल्चोकमा पुनः बाढी, रहेन मेलम्ची खानेपानीको मुहानसम्म पुग्ने पुल (भिडीयो सहित)

सिन्धुपाल्चोकमा पुनः बाढी, रहेन मेलम्ची खानेपानीको मुहानसम्म पुग्ने पुल (भिडीयो सहित)

- Advertisement -spot_img

मुहान क्षेत्र भेमाथाङको लेकाली जमिन भासिएर पानीसँगै बगेकोले शनिबार रातभर मेलम्ची खोलामा बाढी आयो । लेदो मिसिएको पानी हेलम्बुको नाकोतेमा केहीबेर थुनिएपछि असार १ भन्दा पनि ठूलो बाढी आएको स्थानीयले बताएका छन् । 

‘हेलम्बु क्षेत्रमा तीनचार दिनदेखि वर्षा भएको छैन । तर, बाढी आइरहेको छ,’ स्थानीयले आश्चर्य मान्दै भने, ‘भेमाथाङको जमिन बगिरहेको छ । रोकिने छाँट छैन ।’

लेदो मिसिएकाे बाढीले खोलामा धार परिवर्तन गरिरहेको छ । किनारको दायाँबायाँ गर्दै बगेकोले १ असारपछि आंशिक क्षति पुगेका घरहरु पनि बगाएको छ । खोलाले पुरेको रेडियो मेलम्चीको भवन बगाएको छ ।

लेदो पानीको बहाब क्षणक्षणमा घट्नेबढ्ने भइरहेकोले किनारका खेतमा ठूलो क्षति पुगेको छ । गणेश बगर, चनौटे, ग्याल्थुम र मेलम्ची फाँटका खेत कटान भइरहेको छ । बाढीले मेलम्चीदेखि भिमटारसम्मको खेत क्षेत्र प्रभावित भएको छ । 

मेलम्ची र हेलम्बु जोड्ने चनौटेस्थित रातोपुल पनि बगाएकोछ । असार १को बाढीले क्षति नगरेको रातोपुललाई शनिबारको बाढीले बगाएको छ। मेलम्ची खानेपानीको मुहानसम्म पुग्ने रातो पुल शनिबार देखि आएको बाढीले आइतबार बिहान पुल बगाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु