Information is intelligence
HomeSportsराष्ट्रिय फुटबल टोलीका खेलाडीलाई १० दिनको विश्राम

राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई १० दिनको विश्राम

- Advertisement -spot_img

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीले बन्द प्रशिक्षणबाट १० दिनको विश्राम लिने भएका छन् । साफ च्याम्पियनसिप र एसिया कपको अन्तिम छनोटको तयारीमा रहेको राष्ट्रिय टिमलाई १० दिनको बिदा दिइएको हो ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई पारिवारीक समय दिनका लागि १० दिनको विश्राम दिएको हो । खेलाडीहरु अब अगस्ट १० मा पुनः प्रशिक्षणमा फर्कने भएका छन् । 

नेपाललाई मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीले प्रशिक्षण दिईरहेका छन् । उनले राष्ट्रिय टिममा ३६ खेलाडीलाई राखेर प्रशिक्षण गराईरहेका छन् ।

उनी पछिल्लो सयम विवादका कारण प्रशिक्षणमा फर्केका भने छैनन् । 

अलमुताइरीले वरिष्ठ उपाध्यक्षमाथि आरोप लगाउदै राजीनामा दिने घोषणा गरेपछि फुटबल विवाद उत्कर्षमा पुगेको थियो । घटनाको छानविनका लागि एन्फाले मन्त्रालयलाई आग्रह गरेको छ ।

फोटो स्रोत : एन्फा

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु