Information is intelligence
HomeNewsमेलम्ची बाढी: बाहुनेपाटीको पुल पनि जोखिममा

मेलम्ची बाढी: बाहुनेपाटीको पुल पनि जोखिममा

- Advertisement -spot_img

काठमाडौँ – इन्द्रावति नदीमा आएको बाढीका कारण मेलम्ची नगरपालिका ११ बाहुनेपाटीमा रहेको पक्की पुल पनि जोखिममा परेको छ।

शनिबार रातिदेखि आएको बाढीका कारण अहिलेसम्म सुरक्षित मानिएको बाहुनेपाटी पुल पनि जोखिममा परेको स्थानीयले बताएका छन्। दिउँसो १२ बजेसम्म पुल बचाउनका लागि जलपादेवी माध्यामिक विद्यालयतर्फ गरिएकाे तटबन्ध बगाएको छ।

उक्त तटबन्ध बगाएसँगै बाहुनेपाटी बजारतर्फ रहेको पुलको भागमा खोलाको भंगालो ठोक्किरहेको छ।

आइतबार बिहान चनौटेमा रहेको रातोपुल र एउटा झोलुंगे पुल बगाएको थियो। रातोपुल बगाएसँगै हेलम्बु क्षेत्रमा यातायातका हिसाबले सम्बन्ध विच्छेद भएको छ। उक्त पुलका कारण सातवटा वडामा आवतजावत रोकिएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु