Information is intelligence
HomeEconomyमनकामना र युनियनको आइपिओ भोलीदेखि दोस्रो बजारमा कारोबार हुने, ओपनिङ रेन्ज कति?

मनकामना र युनियनको आइपिओ भोलीदेखि दोस्रो बजारमा कारोबार हुने, ओपनिङ रेन्ज कति?

- Advertisement -spot_img

मनकामना स्मार्ट लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको आइपिओ नेप्सेमा सूचीकृत भएको छ ।

मनकामना स्मार्ट लघुवित्तको कुल १२ लाख ११ हजार ५०० कित्ता सूचीकृत भएको हो । जसमा असार १७ गतेदेखि २१ गतेसम्म बिक्री भएको ३ लाख ८९ कित्ता आइपीओ पनि समावेश छ ।  नेप्सेले मनकामना स्मार्टको पहिलो कारोबारका लागि  ११० रुपैयाँ ८४ पैसादेखि ३३२ रुपैयाँ ५२ पैसा सम्म रेन्ज दिएको छ । सोमबार सोही रेन्ज भित्र रहेर मनकामनाको पहिलो कारोबार खुल्नेछ । मनकामना स्मार्टको सेयर कारोबार ‘एमकेएलबी’ संकेतबाट हुनेछ ।

त्यस्तै युनियन लाइफ इन्स्योरेन्सको २ करोड १५ लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो । नेप्सेले यस इन्सुरेन्सको पहिलो कारोबारका लागि ११५ रुपैयाँ १३ पैसादेखि ३४५ रुपैयाँ ३९ पैसासम्म रेन्ज तोकिदिएको छ । सोमबार सोही रेन्ज भित्र रहेर युनियनको पहिलो कारोबार खुल्नेछ ।  युनियनले सेयर कारोबारका लागि ‘युएलआई’ संकेत पाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु