Information is intelligence
HomeSportsपीएसजीलाई हराउदै लिलेले जित्यो फ्रान्सेली च्याम्पियन्स ट्रफी

पीएसजीलाई हराउदै लिलेले जित्यो फ्रान्सेली च्याम्पियन्स ट्रफी

- Advertisement -spot_img

फ्रान्सेली लिग च्याम्पियन लिलेले कप विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई आइतबार १–० ले हराएर च्याम्पियन्स ट्रफी जितेको छ ।

ब्लुमफिल्ड स्टेडियममा खेलिएको उक्त फाइनल खेलमा लिलले पीएसजीको ८ वर्षको राजलाई तोड्न सफल भएको हो। पहिलो हाफको ४५औं मिनेटमा स्ट्राइकर बुराक यीलमाजको पासमा जेकाले गोल गर्दै लिललाई अग्रता दिलाएका थिए। निर्धारित ९० मिनेटको खेलमा ७१ प्रतिशत बल पोसेसन राखेपनि पीएसजीले गोल भने गर्न सकेन।

यस जितसँगै लिलले इतिहासमै पहिलो पटक फ्रेन्च सुपर कपको उपाधि उचालेको छ। यसभन्दा अघि लिल सन् १९५५ र सन् २०११ को सुपर कपमा पराजित भएको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु