Information is intelligence
HomePolitics‘भविष्य देखाउन नसक्नेहरू विगतको भूतले तर्साउँछन्’ : मिलन पाण्डे

‘भविष्य देखाउन नसक्नेहरू विगतको भूतले तर्साउँछन्’ : मिलन पाण्डे

- Advertisement -spot_img

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले वैकल्पिक राजनीति भनेको भूतको त्रासको राजनीति नभएको बताएका छन् । भविष्य देखाउन नसक्नेहरूले नै विगतकाे ‘भूत’ले तर्साउन खाेज्ने समेत उनले व्यङ्ग्य गरेका छन् ।

सोही पार्टीका अध्यक्ष रविन्द्र मिश्रले केही दिनअघि राजसंस्था ब्युँताउँने, संघीयता खारेज गर्ने र धर्म निरपेक्षताबारे जनमन संग्रह गर्ने प्रस्ता ल्याएपछि पार्टीभित्रै र बाहिर पनि यसबारे चर्को बहस भइरहेको छ ।

मिश्रको प्रस्तावको खुलेरै विरोध गरिरहेका संयोजक पाण्डेले सोही सन्दर्भलाई लक्षित गर्दै भनेका छन्, ‘जसले भविष्य देखाउन सक्दैन, उसले विगतको भूत देख्छ । आफू तर्सिन्छ । अरूलाई पनि तर्साउँछ ।’

‘प्रिय साथीहरू, वैकल्पिक राजनीति भूतको त्रासको राजनीति होइन । यो त भविष्यको आशा देखाउने राजनीति हो । यो त सम्भावनाको राजनीति हो ।’ सामाजिक सञ्जाल ट्विटरमा मिलन पाण्डेले लेखेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु