Information is intelligence
HomeEconomyनियम उल्लंघन गर्ने सवारीसाधनबाट ७७ लाख २८ हजार राजस्व संकलन

नियम उल्लंघन गर्ने सवारीसाधनबाट ७७ लाख २८ हजार राजस्व संकलन

- Advertisement -spot_img

कञ्चनपुर : जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले आर्थिक वर्ष २०७७/७८ मा ७७ लाख २८ हजार ५०० रूपैयाँ राजस्व संकलन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षभन्दा दोब्बर हो। आर्थिक वर्ष २०७६/७७ मा ४७ लाख ७१ हजार रूपैयाँ राजस्व संकलन भएको थियो ।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख केशवराज भट्टले सवारी नियम मिच्ने सवारी साधनलाई कारवाही गरी राजस्व संकलन गरिएको बताए । उनका अनुसार गत आर्थिकमा १३ हजार ७५९ सवारी साधन कारवाहीमा परेका छन्। आर्थिक वर्ष २०७६/७७ मा आठ हजार ३९९ सवारीसाधन कारवाहीमा परेका थिए ।

कारवाही पर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेका छन्। हेल्मेट नलगाउने, सवारी चालक अनुमतिपत्रलगायत कागजात नबोक्ने, दुईभन्दा बढी यात्रु बोक्ने, गैरप्रयोजनमा प्रयोग गर्ने लगायतका नियम मोटरसाइकलले उल्लंघन गर्दै आएका छन् ।

कञ्चनपुरमा लाझाडी गाउँपालिकाबाहेक सबै स्थानीय तहमा ट्राफिक प्रहरी छन् । जिल्लाभर ५२ जना ट्राफिक प्रहरी परिचालन गरिएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु