Information is intelligence
HomeBusinessव्यापारिक मलमा मानिसहरूको चहलपहल आंशिक मात्रै

व्यापारिक मलमा मानिसहरूको चहलपहल आंशिक मात्रै

- Advertisement -spot_img

कोरोना महामारी र लकडाउनका कारण विगत लामो समयसम्म बन्द रहेका व्यापारिक मलमा भने लकडाउन केही खुकुलो भएपछि पनि मानिसहरूको चहलपहल आंशिक रूपमा मात्रै भएको देखिन्छ । व्यापारिक प्रतिष्ठानहरू लामो समयसम्म बन्द हुँदा व्यापारमा समेत नराम्रो घाटा बेहोर्नुपरेको थियो । तर, पछि

झन् राजधानीको मुटुमा रहेका अत्यन्तै व्यापार हुने ठाउँमा भने व्यापारिक मल, न्युरोड, भोटाहिटी, असन, महाबौद्ध, ठमेललगायतका ठाउँहरूमा सटरभाडा पनि अत्यन्तै महँगो रहेको छ । यी ठाउँका प्रायः मानिसहरूको आयस्रोत नै सटरभाडाप्रति निहित रहेको हुनाले पनि यस ठाउँमा सटरभाडा महँगो हुनुका साथै अत्यन्तै मानिसहरूको चहलपहल हुने ठाउँ भनेर पनि चिनिन्छ । तर, लामो समयसम्म व्यापार–व्यवसाय बन्द हुँदा निकै नै घाटा परेको व्यापारीहरूको गुनासो छ । कति व्यापारीहरूले त विभिन्न व्यवसाय गर्दा बैंक–वित्तीय संस्थाबाट लोन लिएर व्यवसाय गरिरहेका छन् । लकडाउनका कारण व्यापार–व्यवसाय बन्द गर्नुपरेको अवस्थामा सो समयभित्रको ब्याजमा बैंक–वित्तीय संस्थाहरूले सहुलियत गरिदिए र सटरभाडामा केही सहुलियत दिए केही आशा पलाउँथ्यो कि भन्ने आम व्यापारीहरूको गुनासो छ ।ल्लो समय राजधानीका विभिन्न व्यापारिक मलहरूमा बुझ्दा त्यति सन्तोषजनक ग्राहकहरू नआएको विभिन्न व्यापारीहरू बताउँछन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु