Information is intelligence
HomeEconomyआजबाट नेप्सेमा मनकामना लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको कारोबार

आजबाट नेप्सेमा मनकामना लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको कारोबार

- Advertisement -spot_img

काठमाडौं | नेप्सेमा आज २ नयाँ कम्पनीको कारोबार खुल्दैछ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार खुल्ने भएको हो । 

उक्त दुवै कम्पनीको साधारण सेयर (आईपीओ) आइतबार नेप्सेमा सूचीकृत भएको थियो । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ लाख ११ हजार ५ सय कित्ता साधारण सेयर ९आईपीओ० नेप्सेमा सूचिकृत भएको हो । 

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११० रुपैयाँ ८४ पैसादेखि अधिकतम ३३२ रुपैयाँ ५२ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि MKLB सिम्बोल पाएको छ । 

त्यसैगरी, युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २ करोड १५ लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११५ रुपैयाँ १३ पैसादेखि र अधिकतम ३४५ रुपैयाँ ३९ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि ULI  सिम्बोल पाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु