Information is intelligence
HomeSportsएन्फा सहायक महासचिव अर्यालले दिए राजीनामा

एन्फा सहायक महासचिव अर्यालले दिए राजीनामा

- Advertisement -spot_img

१८ साउन, काठमाडौं । पछिल्लो समय नेपाली फुटबल अखिल नेपाल फुटबल संघ एन्फाको आन्तरिक विवादका कारण तातिएको छ । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीको राजीनामा प्रकरण अनl प्रशिक्षक र एन्फा उपाध्यक्ष पंकज नेम्वाङको विवादले अहिले फुटबल माहोल तातिएको छ ।

यसै सन्दर्भमा एन्फाका सहायक महासचिव वसन्तराज अर्यालले पदबाट अलग हुने निर्णय गरेका छन् । अर्यालले आइतबार एन्फा अध्यक्षलाई सम्बोधन गर्दै पदबाट अलग रहने भन्दै निवेदन लेखेका छन् ।

२०७७ माघ २६ को साधारणसभाले विधान संसोधन गर्दै मनोनित पदहरु खारेज गरेकोले उक्त पदमा रहन नैतिक संकट परेकोले पदबाट अलग हुने निर्णय गरेको उनले बताए।

सहायक महासचिव अर्यालले आइतबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई पत्र पठाउदै पदबाट राजीनामा बुझाएका छन् ।

‘२०७७ माघ २६ गते काठमाडौंमा सम्पन्न साधारणसभाले आफ्नो विधान संशोधन गर्दा मनोनित पदहरु खारेज गरेकोले उक्त पदमा रहिरहन विधानत नैतिक संकट परेको हुँदा अध्यक्षज्यूलाई विधानअनुसार कार्य गर्न सजिलो होस् भनी आजकै मितिबाट पदबाट अलग रहने घोषणा गर्दछु,’ उनले बुझाएको पत्रमा भनिएको छ।

मुख्य प्रशिक्षक र एन्फा वरिष्ठ उपाध्यक्षबीच हाल संस्थामा देखिएको सामान्य भन्दा सामान्य असमझदारीलाई संस्थाभित्रै छलफल गरी समाधान गर्ने मार्ग प्रस्त भए पनि मन्त्रालयमा यो विषयलाई छानविन गर्न पठाउनु दु:खद भएको उनले पत्रमा उल्लेख गरेका छन् ।

यही विषयमा अर्यालको असन्तुष्टि रहेकोले उनले राजीनामा दिएको संकेत गरेका छन् ।

यसअघि एन्फा कार्यसमितिको आकस्मिक बैठकमा मनोनित पदाधिकारीलाई नबोलाएको भन्दै उपाध्यक्ष शिक्षित पराजुलीले अबदेखि एन्फाको आगामी बैठकमा उपस्थित नहुने जानकारी गराइसकेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु