Information is intelligence
HomeAgricultureस्वादिलो र पाैष्ठिक अहारा रैथाने मकै

स्वादिलो र पाैष्ठिक अहारा रैथाने मकै

- Advertisement -spot_img

मौसमी बालीको कुरा गर्ने हो भने यतिबेला मकैको समय हो । मकैले हाम्रो खाद्य भण्डारमा ठूलो योगदान दिएको छ । उत्पादनको हिसाबले निकै लाभदायक अन्न हो मकै । यसले ग्रामिण अर्थतन्त्रमा पनि ठूलो टेवा पुर्याइरहेको छ । त्यसो त मकै आफैमा स्वादिलो र पोषिलो अन्न पनि हो । यसलाई थरीथरी परिकार बनाएर खान सकिन्छ ।


पहाडी क्षेत्रमा मकैको च्याख्ला बनाएर भात खाने गर्छन् । रैथाने उत्पादन भएकाले यो स्वादिलो एवं रसिलो हुन्छ । अहिले शहरी क्षेत्रमा मकैको ढिंडो खाने प्रवृत्ति व्यापक छ । शहरियाहरु रेष्टुरेन्टमै धाएर ढिंडो खाने गर्छन् । मकैको च्याख्ला, पिठो आदिबाट अनेक परिकार बन्छ ।
त्यसो त भुटेको मकै पनि निकै स्वादिलो हुन्छ । भुटेको मकै र त्यसलाई पिसेर सातु बनाएर खान सकिन्छ ।
मकैलाई पोलेर, भुटेर, उसिनेर तथा पिँधेर खान सकिन्छ । दूधे मकैको दूध निकालेर खीर बनाएर पनि खाइन्छ । मकैको परिकारलाई फलाहारी मानिन्छ तसर्थ चोखो खाँदा वा उपवास बस्दा समेत यसको प्रयोग हुन्छ । मकैलाई नेपालीहरूले वर्षौंदेखि विभिन्न तरिकाले सेवन गरिरहेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु