Information is intelligence
HomeNewsबुद्ध एयरको नेपालगन्ज–पोखरा उडान सुरु

बुद्ध एयरको नेपालगन्ज–पोखरा उडान सुरु

- Advertisement -spot_img

निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनि बुद्ध एयरले नेपालगन्ज पोखरा नियमित उडान सेवा सुरु गरेको छ । पहिलो उडानमा पोखराबाट १८ यात्रु बोकेर नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको बुद्ध एयरको १८ सिटे ‘विच’ विमानका चालक दल, यात्रुलाई स्वागत गरिएपछि नेपालगञ्जबाट पोखरा जाने १७ यात्रुलाई विदाई समेत गरिएको थियो ।

गत वैशाख १८ गतेदेखि नै नेपालगञ्ज–पोखरा उडान गर्ने योजना बनाएपनि कोरोना महामारीका कारण उडान प्रभावित बनेको थियो । हाल स्थिति केही सहज भएपछि आइतबारदेखि नियमित उडान सेवा सुरु गरेको हो । पहिलो चरणमा सातामा तीन दिन (आइतबार, बुधबार र शुक्रबार) १८ सीट क्षमताका जहाजबाट उडान सञ्चालन हुने तालिका बनाईएको बुद्ध एयर नेपालगन्जका स्टेसन म्यनेजर बिनित शाहले बताए ।

पर्यटन प्रर्वद्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले नेपालगन्ज पोखरा उडान सुरु हुनुले भारतीय पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने बताए । “यसले नेपाल भ्रमणमा आउने भारतीय पर्यटकको संख्यामा वृद्धि हुनेछ” उनले भने, “पश्चिम तराईको पर्यटन प्रर्वद्धनमा मद्दत पुग्ने छ ।”

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु