Information is intelligence
HomeTourismधुलिखेल जिपलाइनमा पर्यटकको चाप

धुलिखेल जिपलाइनमा पर्यटकको चाप

- Advertisement -spot_img

धुलिखेल जिपलाइन पुनः सञ्चालनमा आएपछि साहसिक खेलप्रेमीका लागि गन्तव्य बनेको छ । कोरोना महामारीको दोस्रो निषेधाज्ञापछि सञ्चालनमा आएको जिपलाइनले २० प्रतिशत छुट दिएसँगै खेलप्रेमीहरूको संख्या बढेको छ ।

वर्ल्ड वाइड एडभेन्चरले धुलिखेलमा तीन प्रकारको जिपलाइन सेवा सञ्चालनमा ल्याएको छ। शनिबार बिदा भएका कारण युवापुस्ताको चाप बढी हुने गरेको कम्पनीले जनाएको छ । गत शनिबार मात्रै करिब १०० जनाले जिपलाइन खेलेकाे कम्पनीका सिइओ भुपेस श्रेष्ठले बताए । उनका अनुसार दैनिक ३०/४० जनाले जिपलाइन खेल्न धुलिखेल पुग्ने गरेका छन् ।

जिपलाइन जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सन्चालन गरिएको श्रेष्ठको भनाइ छ । सामान्यतया क्लासिक जिपलाइनको २ हजार ५०० रुपैयाँ रहेको छ । अहिले २० प्रतिशत छुट दिएसँगै २ हजार रुपैयाँ रहेको छ । सुपरम्यान जिपलाइनको ३ हजार ५०० मा छुट गरी २ हजार ८०० र टेण्डम (जोडी) जिपलाइनको ४ हजार ५०० मा छुट गरी ३ हजार ४०० कायम गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार जिपलाइनसँगै फोटो भिडियो प्याकेजमा समेत आकर्षक छुट दिइएकाे छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु