Information is intelligence
HomeEducationसबैतहको परिक्षा स्थगित गर्ने तयारी: स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

सबैतहको परिक्षा स्थगित गर्ने तयारी: स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

- Advertisement -spot_img

काठमाडौ । कोभिड–१९ को जोखिम बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैखालका परीक्षा स्थगित गर्न प्रस्ताव गर्ने तयारी गरेको छ ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निकट भविष्यमा सञ्चालन हुन लागिरहेको कक्षा १२ सहित विभिन्न विश्वविद्यालयका परीक्षासम्बन्धी कार्यक्रम स्थगित गर्न प्रस्ताव लैजाने बताए ।

आज सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना विषयमा भर्चुअल रूपमा पत्रकार सम्मेलन गर्दै राज्यमन्त्री श्रेष्ठले परीक्षासम्बन्धी कार्यक्रम स्थगन गर्ने प्रस्ताव अघि सार्ने बताएका हुन् ।

स्थगन हुने परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्ब उचित निर्णय लिने पनि उनले बताए ।

यसबारेमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सोध्दा मन्त्रालयले अनविज्ञता प्रकट गर्‍यो ।

तर मन्त्रालयका एक अधिकारीले राष्ट्रिय परीक्षा बोर्डसँग हिजो बैठक बसेको र विद्यमान परिस्थितिमा सुरक्षित तवरले कसरी परीक्षा गराउने भन्नेबारे छलफल भएको बताए ।

राज्यमन्त्री श्रेष्ठको भनाइबारे बोर्डले पनि जानकारी नभएको बताएको छ ।

तर बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले यसबारेमा स्वास्थ्य मन्त्रालयले कुनै छलफल नगरेको र हालसम्म बोर्ड परीक्षा गराउने तयारीमै रहेको स्पष्ट पार्नुभयो ।

“यतिका सपिङ मल खोल्न हुने, यातायात चल्ने अनि कक्षा १२ को परीक्षा गराउँदा कोभिड हुने हो र ?,” उनले भन्नुभयो । , “सरकार खोप चाहिँ स्टोर गरी राख्ने ? अनि महामारी हुन्छ भनेर गतिविधि बन्द गरेर हुन्छ ?” उनको गुनासो थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु